२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

छोराको विहे खर्च कटाएर नेपाली काँग्रेसका नेता सिटौलाले गरे स्थानीय तहलाई ५ लाख सहयोग

2016 Shares
Spread the love

सुरुङ्गा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गरेका छन् ।

नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँँच लाख प्रदान गरेका हुन् ।

आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराएका थिए । नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुगेका थिए ।

उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पुर्याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गरेका हुन् ।

छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गरेको काँग्रेस नेता नवीन विमलीले जानकारी दिए । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक/एक लाख प्रदान गर्नुभएको थियो भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०/५० हजार सहयोग गरेका हुन् ।

प्रतिक्रिया