२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ज्यू, सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटार सरेको हो ?

1220 Shares

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले पछिल्लो समय सडकको गुण्डागर्दी बालुवाटारमा सरेको हो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरको छन् ।

स्वास्थ्य संगठनले (कोभिड–१९) का कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिइरहेका नेपालमा भने एकाएक गम्भीर राजनीतिक बहस सुरु भएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले, नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा छ। यस्तो बेला एउटा राजनीतिक पार्टीले प्रधानमन्त्रीलाई आफ्ना सांसद अपहरण गरेको आरोप लगाएको छ। सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ? भन्दै प्रश्न गरेका हुन् ।

नेता पौडेलले भनेका छन्, “WHO ले (कोभिड-१९) का कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिएको छ। नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा छ।यस्तो बेला एउटा राजनीतिक पार्टीले प्रधानमन्त्रीलाई आफ्ना सांसद अपहरण गरेको आरोप लगाएको छ।सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ?”

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरेसँगै नेपालमा नयाँ राजनीतिक वहस शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त संसोधन अध्यादेश जारी भएसँगै बसेको नेकपा सचिवालय बैठकमा आफ्नो पार्टीलाई फुटाउन नभई तराई केन्द्रीत दल समाजवादी पार्टी र जनातापार्टी नेपाललाई फुटाउन ल्याएको बताएका थिए ।

त्यस लगत्तै समाजवादी पार्टीले आफ्नो पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दलसम्बन्धी अध्यादेश संसोधन गरेर आफ्ना केही नेता अपहरण गरेको आरोप लगाउँदै आएकोछ ।

समाजवादी पार्टीले आफुना नेता तथा सांसद् पूर्व स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव लगाएतका नेतालाई अपहरण गरेको आरोप लगाएको छ।

भर्खरै प्राप्त सूचना अनुसार डा. यादव अपहरणको हेरा तोडेर बाहिर आउन सफल भएको र अन्य नेताहरु होटलमै बन्धक रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले बताएका छन् ।

यसैबीच नेपाली काँग्रेसले नयाँ राजनीतिक घटानाक्रमबारे छलफल गर्न आगामी बैशाख १७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया