२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली दिँदा सलमानले गल्ती गरेपछि भयो ठूलो बेइज्जत

2199 Shares
Spread the love

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानले भारतका पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल विहारी बाजपेयीको निधनप्रति ट्वीटरमार्फत श्रद्धाञ्जली दिए । तर, पूर्व प्रधानमन्त्रीलाई श्रद्धाञ्जली दिँदा उनले यस्तो गल्ती गरे कि उनको ट्वीटमा फ्यानहरुले उनको खिल्ली उडाइरहेका छन् । सलमानले समयमै श्रद्धाञ्जली नदिँदा फ्यानहरु उनीमाथि खनिएका हुन् ।

भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको निधन १६ अगष्टका दिन साँझ ५ बजे भएको थियो । तर, सलमानले उनलाई श्रद्धाञ्जली दिन यति ढिलो गरे कि बाजपेयीको निधान भएको ५ दिनपछि मात्र सलमानको ट्वीटरमा श्रद्धाञ्जली सन्देश देखियो । श्रद्धाञ्जली दिन यति ढिलो गरेपछि सामाजिक संजाल प्रयोगकर्ताहरु सलमानमाथि खनिएका छन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले लेखेका छन् ‘भाइ आज बल्ल याद आयो ? यति दिनसम्म के गाँजा खाएर सुतिरहेका थियौ ?’ अर्का युजरले लेखेका छन् ‘टाइगर सुतिरहेको थियो ।’ अर्काले खिल्ली उडाउँदै लेखेका छन् ‘भाइ अखबार पाउनुभयो ? कुन अखबार आयो ?’ अर्का एक युजरले त सलमानलाई यति दिनसम्म कुन ग्रहमा थियौ भनेर सोधेका छन् । यसबाहेक ‘क्रिमिनल नशेडी छ’, ‘ट्युबलाइट बल्यो’, ‘आज नशाले छोड्यो होला’ जस्ता प्रतिक्रियाका साथ सलमानको खिल्ली उडाइएको छ ।

प्रतिक्रिया