
काठमाडौं । कोरोना कहरकाबीच सरकारले दुई वटा महत्वपूर्ण निर्णय लिएपछि नेपाली राजनीति गर्मिन पुगको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रि`परिषद बैठकबाट पार्टी विभाजन सम्बन्धि अध्या`देश र प्रमुख वि`पक्षी दलको नेताको अनुपस्थि`तिमा संवै`धानिक परि`षद्को बैठक ब`स्न र निर्णय गर्न सक्ने गरी अध्या`देश ल्याउने निर्णय लिएका हुन् ।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ती दुवै अध्या`देश जारीसमेत गरि सकेकी छिन् । तर प्रमुख प्रति`पक्षी दल नेपाली काँग्रे`सका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्था माथिकै षडयन्त्रका रुपमा ब्याख्य गरेका छन् । सक्षंप्ति कुराकानीका थापाले भने, ‘यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर व्यक्ति`गत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा सा`ह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको फाइदा लुटेर ष`ड्यन्त्र गर्ने ? आफ्नो पार्टी`भित्र पनि षड्य`न्त्र गर्ने ? व्यवस्थामाथि षडयन्त्र गर्ने ? यो सब षड्य`न्त्रकारीले गर्ने कुरा भयो । कोरोनाको सन्दर्भमा प्र`श्न उठाउँदा पनि बेमौ`समी बा`जा भन्दै कोरो`ना विरु`द्धको लडा`ईँमा अप्ठ्यारो पर्यो भन्ने ?’
संकटका बेला सरकार अनावश्यक काममा लागेर जिम्मेवारीबाट च्युत भएको थापाको आरोप छ । ‘अनि यो बेलामा यति अना`वश्यक र अहिलेको सन्दर्भका कुनै औचित्य नभएको काम सरकारले गर्ने कुराले आफ्नो न्युनतम जिम्मेवारीबाट पनि च्यु`त भएको कुरा हो । यतिबेला कोरोना`विरुद्धको लडाइँलाई यसले डाइभट गर्यो,’ उनले भने, ‘सरकारले जुन`विषयकम विषयान्तर नहोस् भनेर चाहनुपर्ने त्यही कुरामा विषया`न्तर गराएर आफ्नो दायित्वबाट भाग्यो । पहिलो कुरा षड्य`न्त्र र दोस्रो कुरा सरकार आफ्ना जिम्मेवारीबाट च्युत भएको कुरा हो ।
‘एकातिर प्रधानमन्त्री यो लडाइँमा सबैले साथ दिनुपर्छ, सबै सहयोग चाहिएको छ कुनै पनि संय`न्त्र चाहिएको छैन भनिराख्ने ? अर्कोतिर संवि`धानले गरेको न्युन`तम व्यवस्था चलाउन खो`ज्ने ? यो व्यवस्था त सुवि`चारित ढं`ले संविधानमा राखिएको हो । यो प्रधानमन्त्रीको लहले सच्याउने विषय पनि होइन । संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता राख्ने हाम्रो जुन खालको संवैधानिक प्रबन्ध छ । यो संवैधानिक प्रबन्ध भनेको संसदीय व्यवस्थामा शक्तिसन्तुलनको विषय हो,’ थापाले भने ।
थापाले भने, ‘लोकतान्त्रिक विधिबाट निर्वाचित भएर आएको नेतृत्व विधिको शासन महत्वपूर्ण कुरा भनेर सोच्छ । त्यो विधिको शासनभित्र खेल्दा म कहिले जित्छु, कहिले हार्छु सोच्छ । अधिनयावादीले सोच्छ मेरो हार मेरा लागि मन्जुर छैन । मैले हार्ने भए नियम पनि बदली दिन्छु । खेल पनि बदली दिन्छु । परिणाम जसरी पनि मेरो हुनुपर्छ भन्ने चिन्तन अधिनायवादी चिन्तन हो ।’
उसको निम्ती हार, जित, नियम, विधिले कुनै अर्थ नराख्ने उनको बनाइ छ । थापाले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले गरिराखेको काम र सोच यो भन्दा के फरक छ ? जताबाट कुरा गरे पनि प्रधानमन्त्री आफ्नो पार्टीको खिचातानीमा आफू बलियो हुन वा आफू कमजोर भएको प्रतिक्रिाया यी कामहरु गरिरहनुभएको छ । अर्थात उहाँलाई आफूले चाहेको बाहेक हुने कुरा मन्जुर छैन ।’