२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

महामारीका बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु ‘क्रूर राजनीतिक दृश्य’ : नेता पौडेल

1470 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना (कोभिड १९) को महामारीलाई डटेर सामना गर्नुपर्ने बेला सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी अध्यादेश ल्याउनुलाई ‘क्रूर राजनीतिक दृश्य’ को संज्ञा दिएका छन्।

नेता पौडेलले सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

नेता पौडेलले भनेका छन्, “कोभिड-१९ को महामारीसलाई डटेर सामना गर्नुपर्ने बेला सरकार पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याउँछ। घोडामा सवार बादसाह निर्लज्ज र नग्न भैसक्नुभयो, उहाँको नग्नताको उचाइ मुन्तिर महामारीको त्रासमा आक्रान्त नागरिक सुस्केरा काडिरहेका छन्।निक्कै नै क्रुर राजनीतिक दृश्य हो यो।”

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरिसकेकी छन्।

राजनीतिक दलको विभाजनसम्बन्धी अध्यादेश पारित भएसँगै अब पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए पुग्ने छ। यसअघि दलसम्बन्धी ऐन– २०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको थियो।

प्रतिक्रिया