1031
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संयम भएर एकजुट हुन आह्वान गरेका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न एकजुट हुन आह्वान गरेका हुन् ।
सभापति देउवाले संकटको घडीमा कुनै व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार वा अरु कुनैपनि पक्षलाई कुनै कार्य नगर्न आह्वान गरेका छन् ।
विज्ञप्तिमार्फत् उनले कोरोनाभाइरस संक्रमणको जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र पार्न अनुरोध गर्दै पर्याप्त स्वास्थ्य सामग्री एवं राहतको बन्दोबस्त मिलाउन पनि सरकारसँग माग गरेका छन् ।
उनले परिस्थितिलाई थप असहज बन्नबाट रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।