२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेकपा नै फुटाउन अध्यादेश ल्याएको आशंका, दाहाल निवासमा पुगे पूर्वमाओवादीका मन्त्री र नेता

955 Shares
Spread the love

काठमाडौं, बैशाख ८ । सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्री र नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा उक्त अध्यादेश ल्याउने निर्णय गरिएको हो । दाहालको निवासतर्फ लाग्नुअघि सरकारको निर्णयलगत्तै सरकारमा सहभागी भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक बसेको थियो ।

बालुवाटारबाट फिर्ता भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बसेको थियो ।

नेकपाका पूर्वमाओवादी मन्त्री र नेताहरुलाई भने प्रधानमन्त्रीले नेकपा नै फुटाउन अध्यादेश ल्याएको आशंका बढेको एक नेताले बताएका छन् ।पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त ऐनमा हालको व्यवस्थामा भने दल विभाजनका लागि दुबैतर्फ ४० प्रतिशत चाहिने व्यवस्था रहेको छ । सरकारले उक्त व्यवस्था बदल्दै कुनै एकतर्फ ४० प्रतिशत भए हुने निर्णय गरेको हो ।

प्रतिक्रिया