२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

काँग्रेस नेता पौडेलद्वारा तनहुँका ५ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

928 Shares
Spread the love

तनहुँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो गृह जिल्ला तनहुँका ५ स्थानीय तहलाई कोरोना नियन्त्रण सम्बन्धी विभिन्न स्वास्थ्य उपकरणहर हस्तान्तरण गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले तनहुँका ५ स्थानीय तह शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ्ग गाउँपालिका, घिरिङ्ग गाउँपालिका, म्याग्दे गाउँपालिकालाई थर्मगन, सर्जिकल मास्क, पिपिई रडिजिटल थर्मोमिटर लगायतका सामग्री आज हस्तान्तरण गरेका हुन्।

नेता पौडेलले आफ्नो सर्कलमा रहेका साथिभाइ तथा शुभचिन्तकहरुबाट सहयोग सामाग्री जुटाएर गृह जिल्ला तनहुँमा वितरण गरेका हुन् ।

प्रतिक्रिया