२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

‘जनताको दुखमा यो सरकार किन बोल्दैन, देख्दैन र सुन्दैन’ : डा. शेखर कोइराला

1060 Shares

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले घर हिडेका पैदल यात्रुलाई आफ्नै घर जान दिन पनि सरकारलाई अदालतले आदेश दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यो देशमा सरकार छ र ? भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन् ‘छ भने जनताले यतिसम्म दुःख पाउँदा किन बोल्दैन, सुन्दैन र देख्दैन त!’ सर्वोच्च अदालतले हिजो सिमामा रहेका नेपालीलाई स्वदेश ल्याउन र आज पैदलयात्रीलाई आफ्नो गन्तव्यसम्म जान कुनै अवरोध नगरी पुर्याउन सरकारलाई आदेश दिएको थियो ।

प्रतिक्रिया