२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न सभापति देउवाको आग्रह

1433 Shares
Spread the love

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले शुक्रबार ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।

साथै सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन् तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया