२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नेपाली फिल्ममा सनी लियोनी , यी नायकसंग गर्देछिन् रोमान्स

3808 Shares
Spread the love

लन्डन । पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रबेश गरेकी चर्चित नायिका सनी लियोनीको बारेमा जानकार नभएका मान्छेहरु सायदै होलान् । उनको बिगतलाई चटक्कै बिर्सनेहरु भने उनको सुन्दरता र बोल्डनेसबाट भुतुक्क नहुने युवायुवतीहरु नै छैनन् होला भन्दा फरक नपर्ला । बलिउडसंगै साउथका फिल्महरुमा पनि अभिनय गरिरहेकी उनै सनी लियोनीले नेपाली फिल्ममा पनि काम गर्ने खबर बाहिरीएको छ ।

हजुर यदि यो खबरलाई विश्वास गर्ने हो भने सनीलाई करोड भन्दा बढि पारिश्रृमिक दिएर निर्माता बिक्रम जोशीले उनलाई नेपाली फिल्म ‘पासवर्ड’ मार्फत नेपाली सिनेमा बजारमा भित्राउँन लागेका हुन् । सम्राट बन्सेतले निर्देशन गर्ने उक्त फिल्ममा लोकप्रिय नायक अनुपबिक्रम राईले स्क्रिन सेयर गर्ने भएका छन् ।  बताए अनुसार फिल्ममा सनीको आईटम नम्बर र केही दृश्यहरुमा अभिनयसमेत रहनेछ ।

फिल्म बेलायतको लन्डन आसपासमा छायाँकन हुने बताईएको छ । फिल्म अगस्ट २६ बाट फ्लोरमा जानेछ । अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायतका कलाकारहरुको अभिनय रहनेछ । बलिउडमा अझै पनि नायिकाको रुपमा खासै स्वीकार नगरिएकी सनीको नेपाल फिल्ममा हुन लागेको प्रबेशलाई भने कसरी हेरिन्छ त्यो समयले नै देखाउँला ।

 

प्रतिक्रिया