२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ज्यू, भूमि सुधार आयोग गठनले कोरोना कसरी रोक्छ ?

2744 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका यूवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस नियन्त्रण भन्दा पनि देश कब्जा गर्ने र आफ्नो गुट बलियो बनाउनतिर लागेको गम्भीर आरोप लगाएका छन् ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता पौडेलले कोरोनाको महामारी भइरसको बेला प्रधानमन्त्री ओलीले भूमि व्यवस्था आयोग गठन गरेर कार्यकर्तालाई पोस्ने काम गरेको बताएका हुन् ।

नेता पौडेलले प्रधानमन्त्री ओलीलाई भूमि व्यवस्था आयोग र कोभिड १९ संकटको के सम्बन्ध छ। यसको गठनले कोरोना संक्रमण रोक्न के सहयोग पुन्याउँछ ? भन्दै प्रश्न गरेका छन् ।

पौडेलले भनेका छन्, “भूमि व्यवस्था आयोग र कोभिड १९ संकटको के सम्बन्ध छ।यसको गठनले कोरोना संक्रमण रोक्न के सहयोग पुन्याउँछरुके सरकार यो समयलाई देश कब्जा गर्ने पार्टीमा आफनो गुट बलियो बनाउने मौका ठानिरहेको छ। फजुल खर्च बढाएर कार्यकर्ता पोस्ने समय यों होइन”

Notext

सरकारले लकडाउनका बेला गुपचुप रुपमा भूमि‌ सम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ छ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहालसँग चितवनको भरतपुर महानगरको‌ मेयरमा पराजित देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको‌ हो ।

कोरोनाको संक्रमण बढिरहेका बेला गुपचुप आयोग गठन गरिएपछि चुतैर्फी बिरोध भएको छ।

प्रतिक्रिया