२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले माघ १८ गते ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम गर्दै

7520 Shares
Spread the love

गोकर्णेश्वर , नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले “तामाङ जातीको सांस्कृतिक पर्व ल्होछारको प्रवर्द्धन हाम्रो अभियान !” भन्ने मूल नाराका साथ बिगतमा जस्तै गरी यस पालिको मन्जुश्री सम्बत २८५६ औ सोनाम ल्होछार जिवा/नम्युङ ल्हो (मुसा बर्ग) मनाउने भएको छ ।

आउदो २०७६ माघ १८ गते शनिबारका दिन बिहान ११ बजे गोकर्णेश्वरको माकलबारी स्थित नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको प्राङ्गणमा शुभकामना आदानप्रदान तथा “बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम” आयोजना गरिएको समितिका अध्यक्ष कमानसिंह थिङ तामाङले जानकारी दिए ।

कार्यक्रमका विशेष आकर्षणहरुमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरु नायक अमिर दोङ,गायकहरु विशाल योन्जन,रेशम थिङ,साङतेम्बा ब्लोन,कर्म थिङ,प्रवल थिङ,गायिका अन्जु थोकर,रन्जिता घिसिङ,सीता ग्लान तामाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

कार्यक्रममा उपस्थितको लागि ल्होछारप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

 

प्रतिक्रिया