२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

रसुवामा एक महिलामा ‘कोरोनाभाइरस’ संक्रमणको आशंका

1448 Shares
Spread the love

रसुवा, माघ १६ । रसुवा जिल्लामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको *आशंका गरिएको छ ।

जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो ।

माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

केरुङबाट फर्किएकी महिला बिरामी परेपछि गाउँमा झारफुक र धामी–झाँक्री गर्दा निको नभएपछि अस्पताल ल्याइएकोमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा उनलाई छुट्टै स्थानमा राखेर उपचार गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिएका छन् ।

रसुवागढी नाकाबाट अहिले आवत–जावत बन्द गरिएको छ ।

प्रतिक्रिया