२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

चीनबाट फर्किएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण, क्वारेन्टाइनमा राखियो

2479 Shares
Spread the love

काठमाडौं। केही दिनअघि मात्र चीनको वुहानबाट काठमाडौं आएका एक व्यक्तिमा कोरोना भाइरसको रहस्यमय संक्रमण भेटिएपछि उनलाई ‘क्वारेन्टाइन’मा राखिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले चीनको वुहान प्रान्तबाट फर्केका एक पुरुषलाई उनी कसरी र कस्तो किसिमले संक्रमित छन् भन्ने पत्ता लगाउन निरन्तर निगरानीमा राखी र विभिन्न परीक्षण भइरहेको पुष्टि गरेको समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलले लेखेको छ

‘ती संक्रमितमा अहिलेसम्म कुनै किसिमका लक्षण भने देखिएका छैनन् । मुख्य र ध्यान दिनुपर्ने कुरा कुरा उनी चीनबाट फर्किएका हुन्’ डा. पाण्डेले एएनआइसँग फोनमा भने । चीनको वुहान प्रान्तमा एक्कासी निमोनियाको संक्रमण फैलाउन जिम्मेवार यो भाइरस नेपाल पनि प्रवेश गर्न सक्ने खतरा औंल्याएका छन् । यो निमोनिया नयाँ किसिमको कोरोना भाइरसबाट फैलिएको विश्वास गरिएको छ जले एक जनाको ज्यान लिइसकेको छ र ४१ जना संक्रमित भएको पाइएको द काठमाण्डु पोस्टले लेखेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई यो संक्रामक भाइरस फैलिनबाट रोक्नको लागि चेतावनी दिइसकेको छ । यद्यपि नेपालमा यस्तो उच्च संक्रामक रोगको उपचार र निदानका लागि पर्याप्त स्वास्थ्य केन्द्र र प्रयोगशालाको अभाव छ । ‘आप्रवासनका कारण नेपालीहरुमा संक्रमणको सम्भाव्यता उच्च छ । चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरु यो भाइरसको सम्पर्कमा आउने र यसलाई फैलाउने जोखिममा छन्’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भने ।

डा. मरासिनीले अगाडि भने ‘यदि कोही यसरी संक्रमित भएमा तत्कालै यो रोग फैलिनबाट रोक्ने किसिमले स्वास्थ्य केन्द्र वा प्रयोगशाला लगिनुपर्छ । तर हामीसँग यसका लागि उपयुक्त किसिमको एम्बुलेन्स नै छैन । यस्ता बिरामीलाई डबल क्याम एम्बुलेन्समा राखेर लैजानुपर्छ जुन हामीसँग छैन ।

प्रतिक्रिया