२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

बिरामी परेका इरफानले लिए यस्तो फैसला

2793 Shares
Spread the love

एजेन्सी । बलिउड अभिनेता इरफान खान पछिल्लो समय लण्डनमा उपचाररत छन्। उनी न्यूरो इंडोक्राइन ट्यूमर नामक रोगबाट ग्रस्त छन्। अब उनले आफ्नो फैसला आफ्नो स्वास्थ्य स्थितीका आधारमा गर्ने फैसला गरेका छन्।

रिर्पोटका अनुसार इरफानले एआईबीको वेब सीरीज गोरमिंट छोडिदिएका छन्। यस सिरीजलाई अमेजोन प्राइम ब्यानरले निर्माण गर्दै थियो। इरफान यो सिरीजलाई लिएर निकै उत्साहित थिए। तर उनले अन्तत यो वेब सिरीज गर्न सकेनन्। उनले यो वेब सिरीज छोडेको जानकारी फेसबुकमार्फत गराएका थिए।

इरफानले छठौँ र अन्तिम किमो गरेका थिए। यसअघि उनका ५ किमो गइसकेका छन्। त्यस कारण इरमान कमजोर भएका थिए। रिर्पोटका अनुसार पाँचौँ किमो निर्माणपछि इरफानको शरीरमा अधिक उर्जा सकिएको थियो।

फाईल फोटो

प्रतिक्रिया