काठमाडौँ। कुनै दिन यस्तो पनि थियो कलाकार नारायण त्रिपाठी नभएको नेपाली फिल्म सायदै बन्थे । उनी नेपाली फिल्ममा हास्यकलाकारको रुपमा सबैका लागि चिरपरिचित थिए । त्यो समयका निर्माता निर्देशकले नारायण त्रिपाठीलाई नखेलाएको फिल्म अपुरो जस्तै ठान्थे ।
उनका त्योबेला फ्यानको सङ्ख्या पनि उल्लेख्य थियो । उनी त्यतिबेला अहिलेका महानायक राजेश हमाल जत्तिकै चर्चामा थिए । सँधै हास्यकलाकारको रुपमा नेपाली फिल्ममा देखिने कलाकार त्रिपाठी धेरै समय भयो त नेपाली फिल्ममा देखिन्छन् नत सार्वजनिक सञ्चारमाध्यममा कही कतै भेटिन्छन् ।
आखिर कता छन् त कलाकार त्रिपाठी ? लामो समयपछि एक अन्तरवार्तामा भेटिएका त्रिपाठीले उबेलाका फिल्ममा गरेका अभिनयलाई सरसर्ती रुपमा सम्झिन समेत भ्याए । उनलाई पछिल्लो समय जन्मिएको पुस्ताले सायद चिन्न पनि मुस्किल पर्छ । त्यो समयमा नारायण त्रिपाठी, बखते, प्रेम चरो आदी आदी नामले दर्शकमाझ लोकप्रिय थिए । अहिलेसम्म कता थिए त त्रिपाठी ?