२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

अशोक दर्जीको दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक

994 Shares
Spread the love

ऊर्लाबारी : चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत ‘झिलमा फुलु’को भिडियो  सार्वजनिक भएको छ। ऊर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गरेर प्रिमियर गरेका हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मेयर फागोले बाल प्रतिभाको पहिचान गराउन गीतले महत्वपूर्ण सहयोग पुर्याउने बताए।

युट्युब च्यानबाट सार्वजनिक गरिएको भिडियोले कोशी भिजन फिल्मले निर्माण गरेको हो। भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ स्माईल धिमालले अभिनय गरेका छन्।

गीतको रचना मन्जुल मितेरीले गरेका हुन्। गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए। भिडियोमा  दिपक न्यौपान, कौशीला राईलगायतले अभिनय गरेका छन्। गीतको छायांकन  उज्जवल बल तामाङले गरेका हुन्।

प्रतिक्रिया