२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

‘ए सरकार ! हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार ?’

2865 Shares
Spread the love

पछिल्लो समयका निकै नै चर्चित रहेका भीमफेदी गाइजको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। उक्त गीतलाई आइतबार भिमफेदी गाइजको अफिसियल युट्यूब च्यानल मार्फत रिलिज गरिएको हो।

अन्तर्राष्ट्रिय युवा दिवशको दिन पारेर भीमफेदी गाइज्ले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको छ ।

गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियोलाई रिकेश गुरुङ ‘की’ले एरेन्ज गरेका छन् ।

भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् । भिडियोलाई पवन सुस्लिङले खिँचेका हुन् । पुष्पण प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ ।

 

प्रतिक्रिया