२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

‘मिस्टर बिन’का छोरा गोर्खा रेजिमेन्टमा आवद्ध

1456 Shares
Spread the love

काठमाडौं, २ कात्तिक । विश्वका चर्चित हास्यव्यंग्य कलाकार मिस्टर बिन अर्थात् रोवन एट्किनसनका छोरा बेन्जामिन एट्किनसन वेलायती सेनाको गोर्खा रेजिमेन्टमा आवद्ध भएका छन्।

२६ वर्षका बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन्। तीन महिनाको नेपाल भ्रमणपछि बेन्जामिन वेलायतको नेपाली आवद्ध गोर्खा रेजिमेन्टमा आवद्ध भएका हुन्।

बेलायतमा गोर्खा रेजिमेन्ट सम्मानीय सेनाको समूह मानिन्छ। गोर्खा रेजिमेन्टमा आवद्ध भएपछि बेन्जामिनले नेपाली भाषा सिक्नुपर्ने हुन्छ।

गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बेनले तीन महीनाजति नेपालमा बिताएका थिए ।

 नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ ।

गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दैं उनी नेपाल आएको बताइएको छ ।

गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अच्चमै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।

‘सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै टिपे”, पत्रिकाले लेखेको छ । भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ । 

प्रतिक्रिया