काठमाण्डौ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा आज चुनाबको दिन कम्पुटर ह्याक भएर चुनाव स्थागन भएको छ ।
चुनाब हुँदै गर्दा मतदाताले भोट आफुलाई मन परेको उम्मेद्वारलाई दिदा अर्कै उम्मेदवारलाई जाने गरी रुसी ह्याकरले ह्याक गरेको बिषेश स्रोत्रले जानकारी दिएको छ। ह्याकरले इलेक्ट्रोनिक सिस्टम नै आफ्नो कब्जामा लिएर सफ्टवायर फिक्स गरेको पाईएको छ। यसै कारणले चुनाबलाई स्थगित गरीएको छ ।
अध्यक्षका उम्मेदवार कुमार पन्त र उपाध्यक्षका उम्मेदवार बद्री केसीले चुनाव हार्ने पक्का पक्की भएको थाहा भए पछि कम्पुटरको सिस्टममा ह्याक गरेको जानकारहरुले बताएका छन। अर्का उम्मेदवार कुल आचार्य र उनको प्यानललाई हराउन यस्तो गरेको विशेष स्रोतले बताएको छ।
हाललाई स्थगित गरेको चुनाब भोलि बिहान १० बजे मतपत्रद्वारा निर्वाचन हुने जानकारी निर्वाचन आयोगले हामीलाई बताएको छ।