२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कुल आचार्यले एनआरएनए अध्यक्ष जित्ने ज्योतिषको दाबी

2132 Shares
Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बुधवार भैरहेको मतदानमा अध्यक्षका प्रत्यासी कुल आचार्य जित्ने दावी एक ज्योतिषले गरेका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत ज्योतिष चन्द्रकान्त पौडेलले आचार्यको कुण्डलीमा जनताको साथ पाउने योग रहेको र ग्रह कुमार पन्त भन्दा धेरै बलियो भएकोले चुनावी परिणाम आचार्यको पक्षमा आउने दावी गरे ।

पण्डित एवं ज्योतिष पौडेलका अनुसार आचार्यको कुण्डली अनुसार दुखमा परेका मानिसलाई तन, मन र धन दिएर सहयोग गर्ने र बोलीको प्रभाव बढने योग रहेको छ । उनका अनुसार आजको समय समेत आचार्यका निम्ति निकै शुभ रहेको छ । ‘अध्यक्षका दुई प्रत्यासीको ग्रह हेर्दा आचार्यको ग्रह पन्तको भन्दा निकै बलियो देखिन्छ’, उनले भने ‘यो दावी मैले लिखित रुपमा गरेको छु ।’

मंगलबारदेखि सुरु भएको संघको नवौं विश्व सम्मेलन तथा महाअधिवेशनमा आगामी नेतृत्वका लागि आचार्य र पन्त प्रतिस्पर्धामा छन् । झण्डै १२ बर्ष भारतमा विभिन्न स्थानमा बसेर ज्योतिषशास्त्र अध्ययन गरेका पण्डितसमेत रहेका पौडेल हाल नेपाल टेलिभिजनमा कार्यरत छन् ।यसअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा आचार्यले आफु हालसम्म कुनै पनि चुनाव नहारेको बताएका थिए । ज्योतिष पौडेलले एनआरएनएको गत चुनावमा पनि आचार्यले उपाध्यक्ष जित्ने दावी गरेका थिए ।

प्रतिक्रिया