२०८३, ६ श्रावण बुधबार
×

ट्रेन्डिङ

सलमान नआएपछि थुनिएका सीमान्त धरौटीमा छुटेलगत्तै समातिए

1700 Shares
Spread the love

बलिउड अभिनेता सलमान खानसँग सीमान्त गुरुङ


काठमाडौँः बलिउडका अभिनेता सलमान खानलाई नेपाल ल्याउँछु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सीमान्त गुरुङलाई प्रहरीले फेरि पक्राउ परेको छ ।

सलमानसहितका बलिउडस्टारलाई नेपाल ल्याउने भन्दै करोडौँ रुपैयाँ उठाएर ठगी गरेको अभियोगमा गुरुङलाई गत असार २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएलत्तगै उनलाई महानगरीय प्रहरी परिसरको टोलीले बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्राउ गरेको हो ।

१५ लाख रुपैयाँ धरौटी बुझाउ गएका गुरुङलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाका अनुसार चेक बाउन्सको उजुरी परेपछि गुरुङलाई समातिएको हो ।

‘गुरुङविरुद्ध ९३ लाख रुपैयाँ चेक बाउन्स भएको उजुरी परेको थियो’, थापाले भने, ‘त्यही उजुरीपछि उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएका हौँ ।’

२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि त्यो कार्यक्रम जेठका लागि सारिएको थियो । तर जेठमा पनि सलमान नेपाल आउन सकेनन् ।

सलमान आउने भनिएको कार्यक्रमका लागि सीमान्तले न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिक बेचेका थिए ।

प्रतिक्रिया