२०८२, २० फाल्गुन बुधबार
×

ट्रेन्डिङ

मिना ढकाल भन्छिन्, ‘२०-२२ वर्षका केटाहरूको प्रस्ताव धेरै आउँछ’ (भिडियो)

1573 Shares
Spread the love

काठमाडौँ। हास्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध टुटेपछि मिना ढकाल आफूलाई कलाकारितामा अगाडि बढाउन निकै नै सङ्घर्षरत छिन्। तीन ओटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनले अब आफ्नो निर्माण र अभिनयमा चलचित्र निर्माण गर्दैछिन्। एक करोड भन्दा बढी लगानीमा उनले चलचित्र निर्माण गर्न लागेकी हुन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले चलचित्रको निर्माणमा केही समय लाग्ने बताएकी छिन्।

‘शतप्रतिशत चलचित्र आउँछ। चलचित्र निर्माणको लागि केही समय अवश्य लाग्छ। चलचित्रको लागि नयाँ टिम तयार गर्दैछु।’, उनले भनिन्, सम्भवतः यो वर्षको अन्तिम तिरबाट काम सुरु हुन्छ कि’ ।

एक प्रसङ्गमा उनले २०-२२ वर्षका केटाहरूको प्रेम प्रस्ताव धेरै आउने बताएकी छिन्। हेर्नुस् उनीसँगको कुराकानी।

 

प्रतिक्रिया