२०८१, ७ श्रावण सोमबार
×

ट्रेन्डिङ

नेपालको जलविद्युतमा अब बंगलादेशको पनि लगानी

1582 Shares

ऊर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद सिंहदरबारस्थित उर्जा मन्त्रालयमा शुक्रबार ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्दै। तस्बिर : रासस


काठमाडौं। बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ।  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने बाटो खुलेको हो।

शुक्रबार काठमाडौंमा बगलादेशले नेपालबाट ५ सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउने समझदारी गरिएको छ। नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनले बताए। उनले दुई मुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाउने समझदारी पनि गरिएको छ।

कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई मुलुकबीच समझदारी गरिएको बताए। उनले सौर्य उर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि आफ्नो मुलुक तयार रहेको जनाए।

नेपाल र बंगलादेशबीच पहिलो पटक नेपालको जलविद्युतमा लगानी भित्रयाउने समझदारी गरिएको हो। सो समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा दुवै मुलुकका विस्तृत छलफल गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया