२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

प्रीति पौडेल बनिन् मिस ग्रान्ड नेपाल

1353 Shares
Spread the love

मिस ग्रान्ड नेपाल–२०१९ को उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन्।

मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपालमा सहभागी बनेकी प्रीतिलाई मिस टुरिजम नेपाल २०१८ की विजेता आस्था साखःले ताज पहियाृइदिएकी थिइन्।

मिस ट्यालेन्ट र मिस फोटोजेनिकको अवार्ड पनि हात पारेकी उनले यही अक्टोबरमा भेनेजुएलामा हुने मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा सहभागिता जनाउने छिन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आरके इन्टरटेनमेन्टले शनिबार कमलवादीस्थित रसियन कल्चरल सेन्टरको हलमा आयोजना गरेको प्रतिस्पर्धामा १३ सुन्दरी प्रतिस्पर्धामा थिए । कार्यक्रममा मुख्य उपाधिसहित चार शीर्ष विजेता घोषणा गरिएको थियो।

प्रतिस्पर्धामा मिस ग्रान्ड स्क्युवा नेपाल श्रद्धा सिलवाल, मिस ग्रान्ड ल्यान्डस्केप अस्मिता ढुंगाना र मिस ग्रान्ड मल्टिनेसनल नेपाल आशा कार्की भए ।

मिस ग्रान्ड मल्टिनेसनल नेपाल र मिस ग्रान्ड स्क्युवा नेपालका विजेता मलेसिया र मिस ग्रान्ड स्क्युवा नेपाल विजेता चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगितामा बेस्ट पर्सनालिटी, मल्टिमिडिया र कल्चर कस्टम्सको उपाधि श्रद्धा सिलवाल, बेस्ट फिगर विमला निरौला, बेस्ट वाक पुजा सिंह राजवंशी, रिपोर्ट–राइटिङ आशा कार्कीले पाए।

प्रतिक्रिया