२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेशनल प्याब्सन काठमाडौँले अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता गर्ने

1573 Shares
Spread the love

काठमाडौं, काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा एनप्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता  यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७६ आयोजना गर्न लागेको जानकारी गराइएको छ ।

प्रतियोगितामा कुल ७५ टिमको सहभागिता रहने छ । बिहान ८बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका विजेताहरु प्रथम , द्धितीय र तृतीयलाई क्रमश नगद १५ हजार , १० हजार ५ हजार सहित ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको प्रमुख आतिथ्यता सम्पन्न हुने उक्त प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन भने प्रतियोगीहरुको संख्या कम्तिमा ८ जना र बढीमा २४ जना हुने पर्ने आयोजकले बताए ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै एनप्याब्सनका प्रचार प्रमुख तथा कार्यक्रम संयोजक गेन्द्र लामाले विद्यार्थीहरुलाई आफ्नै मौलिक कला र संस्कृति रहेको हुँदा संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ यो प्रतियोगीताको आयोजना गरेको जानकारी गराएका थिए ।

 

 

 

प्रतिक्रिया