२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

पशुपतिनाथमा पूर्व युवराज्ञी हिमानी (फोटोफिचर)

2348 Shares

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, शिव भगवानको पूजा-अर्चनाका लागि बिहानैदेखि पशुपतिनाथलगायत विभिन्न शिव मदिरमा भक्तजनको भीड लागेको छ।

 

 

पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत तयारी गरिएको छ।

 

 

बिहान ३ बजेदेखि नै पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट भक्तजनको लाम लागेको छ भने बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउनको पहिलो सोमबार भगवना पशुपतिनाथको दर्शन गर्न पूर्व युवराज्ञी हिमाली पशुपतिनाथ पुगिन्। सुरक्षाकर्मी र छाेरा-छोरीकासाथ पशुपतिनाथ पुगेकी हिमानीले विधिपूर्वक भगवान पशुपतिनाथको पूजा अर्चना गरेकी थिइन्।

सबै तस्वीर: अार्यन धिमाल

प्रतिक्रिया