२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

समाजमा दलाल पुँजीवाद मौलाए – सांसद राई

1653 Shares
Spread the love

काठमाडौं – प्रतिनिधिसभा सदस्य एव्म नेकपा केन्द्रिय सदस्य कृष्ण राईले सहकारी बचत र ऋण मात्र जम्मा गर्ने थलो नभएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था (नेफ्स्कुन )को ३२औ स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद राईले सो धारणा राखेका हुन । उनले सहकारीलाई सरकारले ३ खम्बे अर्थनिति अनुरुप राखेको भन्दै सहकारी बचत र ऋण संकलन गर्ने थलो मात्र नभई उत्पादनका क्षेत्रमा समेत लगानी गर्ने थलो हुनु पर्ने बताएका हुन ।

सांसद राईले सहकारीले समाजमा उल्लेख्य योगदान दिने बाटोमा लाग्नु पर्नेमा जोड दिए । ‘जनता जहाँ छन् त्ससै क्षेत्रबाट उत्पाद गर्नुपर्छ, सैद्धान्तीक एउटा व्यवहारीक एउटाको नितिमा सहकारी अगाडी बढ्नु हुँदैन’ उनले भने ‘रेमिटयान्स र आयातले मात्र देश बन्दैन, देश बनाउन तपाईहरुका सहकारी संस्था मार्फत विभिन्न उत्पादन तथा रोजगारका क्षेत्रहरुमा लगानी अगाडी बढाउनुहोस् । ’

अध्यक्ष समेत रहेका राईले दलाल पुँजीवाद मौलाएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले सहकारीमा भएका कानुनी र सैद्धान्तिक बाधाहरुलाई कानुन संसोधन वा नयाँ निति अनुरुप समेत लान सकिने धारणा राखे ।

नेफ्स्कुन बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा कास्कुन सचिव सालिकराम पुडासैनी, पूर्व कास्कुन अध्यक्ष केशव दंगाल,होमनाथ चौलागाई लगाएतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेफ्स्कुनले विभिन्न विधामा उत्कृष्ठ सहकारीहरुलाई सम्मान गरेको थियो । उत्कृष्ट शेयर खरिदमा नेचुरल साकोस(जोरपाटी),जेष्ठ साकोस(गोंगवु),महिला प्रयास(धुम्बराही),पलाञ्चोक भगवती साकोस(चावहिल) र कुमारी साकोस(चावहिल)लाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचतमा संगापुर साकोसलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया