२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

सन्तु थापाले छम्म छमछमी नचाए नीता र दिपेन्द्रलाई (भिडियो)

2487 Shares

काठमाडौँ । गायिका मन्जु पौडेल र सन्तु थापाको आवाज रहेको तीज गीत ‘छम्म छम्म’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको संगीत संयोजन रहेको छ ।

निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा देखाइएको छ ।

भिडियो राजेश घिमिरेले छायांकन र बिष्णु शर्माले सम्पादन गरेका छन् । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् । उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेका हुन् ।

छमछमी नाच्दै नीता र दिपेन्द्र

 

आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर तीज गीतमा पहिलो पटक हो । गाह्रो होला कि जस्तो लागेको थियो तर मञ्जु र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने ।

नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् । उहाँलाई मैले पत्रकारको रुपमा मात्र चिनेको थिएँ तर राम्रो नृत्य पनि गर्नुहुँदो रहेछ । कलाकारितामा पनि उहाँको भविष्य राम्रो छ,’ नीताले भनिन् ।

प्रतिक्रिया