२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एउटैसँगको शारीरिक सम्बन्ध एकदमै दिक्क लाग्दो हुने भन्दै ८० बर्षे परपुरुषसँग लसपस

1266 Shares
Spread the love

युरोप– एक जना डाक्टरकी विधवा महिलाले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।

उनका अनुसार भ्यालेन्टाइन डेपछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध खोज्ने समय भएकाले उनी व्यस्त हुन्छन् । उनले आफूलाई सेक्स थेरापिष्ट बताउँदै आफ्नो र ती विवाहित पुरुषबीचको चिटिंग सम्बन्ध थाहा पाए पनि उनीहरुका श्रीमतीहरुले सेक्स (यौन)कै कारण विरोध गर्न नसकेको बताइन् ।

मानिसहरुले आफूलाई धेरै सोच्न नहुने तर सेक्सचाहिँ धेरै गर्नुपर्ने उनको सल्लाह छ । जीवन एकदमै छोटो रहेको भन्दै उनी सेक्सलाई एक जनासँग मात्रै सीमित गर्न नहुने सुझाव दिन्छिन् । उनी बेलायतको नर्थ योर्कशायरस्थित हारोटेजमा बस्छिन् ।

उनले आफ्नो विवाहको पछिल्लो वर्ष पहिलोपटक श्रीमानलाई चिट गरेकी थिइन् । जसको सन् २००४ मार्चमा ३४ वर्षकै उमेरमा मृत्यु भएको थियो, उनी नै भेल्डेको अन्तिम श्रीमान थिए । श्रीमानको मृत्युले जीवनपर्यन्त महत्वपूर्ण समयलाई छोपिहाल्ने पाठ सिकाएको उनको दाबी छ ।

५०औँ वर्षसम्म एउटैसँगको शारीरिक सम्बन्ध एकदमै दिक्क लाग्दो हुने उनी बताउँछिन् । धेरैभन्दा धेरै पुरुषहरुले श्रीमतीलाई चिट गर्ने भन्दै उनले आफूले गरेको कार्यको बचाउ गरिन् । आफूले सम्बन्ध राखेकामध्ये सबै पुरुषहरुले श्रीमतीमाथि चिट गरेको उनले खुलासा गरिन् ।

– मेट्रो युकेबाट

प्रतिक्रिया