1781
Shares

काठमाडौँ। नेपाल आइडलको पहिलो विजेता हुन् बुद्ध लामा। नेपालमा विदेशी फ्रेन्चाइज अन्तर्गतको पहिलो कार्यक्रम नेपाल आइडलको पहिलो संस्करणमा विजेता बन्न सफल भएका थिए बुद्ध। क्लासिकल, आधुनिक र पप सबै प्रकारका गीतमा अब्बल प्रस्तुति दिन सक्छन् बुद्ध लामा।
नेपाल आइडल भएपछि उनको दैनिकी फेरिएको छ। अहिले उनी नेपाल आइडल फर्स्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप प्रताप दाससँगै विदेशमा आयोजना हुने साङ्गीतिक कार्यक्रमका व्यस्त रहने गर्छन्।
एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले अहिलेसम्म साङ्गीतिक प्रस्तुतिको क्रममा ९ ओटा देश पुगिसकेको जानकारी दिए। हेर्नुस् उनीसँगको कुराकानी।