जब प्रविधीको दुनियाँमा स्मार्ट फोन आयो तब देखि यसले मानिसहरुलाई धेरै सुविधा र सहजताहरु मिलिरहेका छन् । तर यीनै स्र्माट फोनको कारण विश्वमा कति लफडाहरु पनि परेका छन् भने कतिले ज्यान समेत गुमाएका छन् । बिषेश गरी स्मार्ट फोनको प्रयोगले सेल्फी खिच्ने मन पराउँनेहरुका लागि पनि बरदान नै साबित भएको छ । त्यसो त स्मार्ट फोन बरदानमात्र होईन काल पनि बनिरहेको छ । कुरा गरौँ भारतको । भारतमा स्मार्ट फोनको प्रयोग निकै हुने गर्छ । सोही चक्करमा मानिसहरुले ज्यान पनि गुमाईरहेका छन् ।
इन्डियन जर्नल अफ फ्यामिली मेडिसीन एण्ड प्राईमरी केयरले एक रिपोर्ट सार्वजनिक गर्दै भारतमा अधिकांश मानिसहरु सेल्फीको चक्करमा मर्ने गरेका छन् । उसले दाबी गर्दै भनेको छ २०११ देखि २०१७ सम्ममा सेल्फीकै चक्करमा विश्वभर २५९ जनाको मृत्यु भएको छ । रिपोर्टमा सेल्फीकै कारण मर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ । हालसम्म भारतमा १५९ मानिसहरुको सेल्फीकै चक्करको मृत्युको आँकडाका साथ भारत सबैभन्दा अगाडी छ । उसले रिपोर्ट सेल्फीकै कारण रुसमा १६ , पाकिस्तान र अमेरिकामा १४ मानिसहरुको मृत्यु भईसकेको छ ।

रिपोर्टले राम्रो सेल्फी खिच्ने चाहाना सेल्फी स्टिकले सहजता बनाए पनि यसैको कारण पनि सेल्फी भन्दै मर्नेको संख्या बढिरहेको छ । सेल्फी खिच्ने क्रममा नै ६ बर्ष यता शार्कको आक्रमणबाट ५० जनाको मृत्यु भईसकेको छ । सेल्फी लिनेहरुमा महिलाको संख्या बढि भएको तर उनीहरु धेरै जोखिम उठाउँदैन तर सेल्फीकै चक्करमा पुरुषहरु भने जोखिम उठाउँन मन पराउँछन् । रिपोर्टमा जनावरसंग सेल्फी लिने क्रममा ८ , डुबेर ७० , करेन्ट लागेर १६ , खसेर ४८ , जलेर ४८ , सवारी चलाउँदा सेल्फी लिँदा ५१ र अन्य कारणले ७ जनाको अहिलेसम्म मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा