काठमाडौँ ३ – हरेक पालिकामा कम्तिमा १५ शैयाको अस्पताल हुनुपर्ने नेपाल सरकारको नीतिअनुसार काठमाडौं क्षेत्र ३ स्थित गोकर्ण प्राथमिक अस्पतालको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् ।
तत्कालीन सेनाका उपरथी ऋषिकुमार पाण्डेले ०२८ सालका दिएको जग्गामा वि स ०३२ मा गोकर्ण स्वास्थ चौकीको स्थापना भएको जानकारी प्रमुख मेडिकल अफिसर डा. लक्ष्मी बोगटीले दिईन । स्वास्थ्य चौकीलाई प्रदेश सरकारले बजेट विनियोजन गरी १५ शैया बनाएको हो । अस्पतालमा मेडिकल अफिसर १ जना स्थायी, ३ जना करारसहित ४ डाक्टर, २ स्टाफ नर्स, अनमी ४ जना रहने छन् । यसैगरी ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर १/१ जना हुने अस्पतालकी प्रमुख मेडिकल अफिसर डा. बोगटीले जानकारी दिइन् ।

प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले अबको पाँच वर्षभित्र सबै पालिकामा कम्तिमा १५ शैयाको अस्पताल बन्ने बताए । सरकारले निशुल्क वितरण गर्ने ५८ थरीका औषधी र प्रजनन सेवा देशभरि पुग्नु पर्ने उनले धारण राखेका थिए ।
कार्यक्रमा सोहि क्षेत्रका संघीय सांसद कृष्ण राईले स्वस्थ्य पनि व्यक्तिको नैशर्गिक अधिकार भएकोले तिनै तहका सरकार स्वस्थ्य क्षेत्र सुधारमा लागिरहेको बताए।

प्रदेश सभा सदस्य रामेश्वर फुँयाल, गोकर्णेश्वर प्रमुख सन्तोष चालिसे सहित स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।