२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

साउन महिनाको ४ वटा सोमबार व्रत बस्नुका छुट्टा-छुट्टै महत्व

1793 Shares

साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दुधर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिबको पूजा आरधना गर्ने परम्परा चलीआएको छ।

पहिलो सोमबार : सफलता प्राप्ति र कष्ट निवारण
साउन महिनाको पहिलो सोमबारको वर्तले जीवनमा धेरै परिवर्तन ल्याउने र सोचेभन्दा बढी प्रगति हुनेगर्छ । साथै जीवनमा आइपर्ने बाधा सँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।

यदि तपाईं लामो समयको लागि कुनै नयाँ कार्य सुरु गर्ने प्रयास गर्दै हुनुहुन्छ तर सफलता मिल्ने हो -होइन भन्ने चिन्ता गर्नुहुन्छ भने तपाई यो दिन वर्त बसेर आफ्नो कार्य सुरुवात गर्नुभएमा तपाईलाई अवस्य सफलता मिल्ने छ र तपाईको दीर्घकालीन योजनाहरू सफल हुदै जानेछन्। व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूले पनि वर्त बसेर भगवान शिवको आरधना गरि यसदिन बाट सुरुवात गरेमा सच्चिनै सफलता हासिल गर्न सकिन्छ।

दोस्रो सोमबार: रोग निवारण
यो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य,वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समय देखि गम्भीर रोगबाट पिडित व्यक्तिहरुले भगवान शिव को पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अबिषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ ।

यस दिन वर्त बसेर नियामले भगवान शिव को पुजापाठ गर्दा भएका रोगहरुले डदै जाने र अन्य कुनै रोगहरु सम्म टाढा जनेछन् ।

तेस्रो सोमबार : मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने
साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु पर्नेछ । शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिव को मन्त्र सिद्ध गर्न चाहन्छन।

तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र अटेका कामहरु वर्त बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नु को साथै समस्या हरु बिस्तारै हल हुदैँ जनेछन् ।

चौथो सोमबार : शत्रु परास्त तथा आर्थिक सम्पन्नता
साउन महिनाको अन्तिम सोमबार वर्त बसेर पुजापाठ गर्दा दुश्मन र बाधा हरु टाढा हुँदै जानेछन् । तपाईंको अर्थिक समस्याहरु समेत बिस्तारै हल हुदैँ जनेछन् ।

यो अन्तिम सोमबार , जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नुहुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जनेछन् जसले गर्दा भबिष्य उज्जोल बनाउन मद्धत हुनेछ ।

प्रतिक्रिया