
पोखरा । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देही मानपाकडी, पोखरा पस्र्याङ र लामाचौरमा गरी थप ३ शाखा कार्यालय विस्तार गरेको छ।
उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ।
यो सँंगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ । बंैकका उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाइएको छ।
बैंकले आव २०७४÷७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पु-याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पु-याएको छ।
बैंकले ग्राहकको लागि आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गुर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरी राखेको छ।
साथै बैंकले एबिबिएस सेवा, एटिएम, एसएमएस, सि–आस्वा, आइपिएस, मोवाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३ सय ६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालीन सेवा समेत प्रदान गर्दैआएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए।
बैकका विभिन्न ठाउँमा निर्माणाधीन १५ शाखा चालु आवभित्रै संचालनमा आउने लक्ष्य छ । यसपश्चात् बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।