२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

समता अस्पताल प्रकरणः उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा

4916 Shares
Spread the love

५ असार, काठमाडौं ,  बौद्धको समता अस्पतालमा सरसफाई कर्मचारी रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ ।

सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।

त्यही आधारमा प्रहरीले मंगलबार तीर्था र संगीतालाई नियन्त्रणमा लिएको थियो । तर, आफन्तले दवाब चर्काएपछि बुधबार अपरान्ह सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताए ।

प्रतिक्रिया