२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

गायक प्रमोद राज न्यौपानेको लन्डनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

1462 Shares

लन्डन । दुई बर्ष अघी प्रकाशित उन्को एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग ..’ बोलको रोमान्टिक मेलोडियस गीतमा भिडियो बनेको हो । आधुनिक र गजल को मिश्रित शैलीमा बनेको यस् गीत मा गायक प्रमोद राज सँग गायिका निशा देसार ले माइक सेयर गरेकी छिन।

गीतमा युरान को शब्द रचना मा सागर किनार ले संगीत भरेका छन भने संगीत सम्योजन राजन इशान को रहेको छ । बिगत ९ बर्ष देखी बेलायत बस्दै आएका गायक प्रमोद राज को गत बर्ष सार्बजिक पप शैली को गीत ‘रहे सम्म…’ पछी बेलायत मै छायांकन भएको यो दोस्रो भिडियो हो ।

त्यस अघी उनले नेपालमा बनेको भुसण दाहाल निर्देशित भिडियो  बजारमा ल्याएका थिए । भिडियोमा नेपालकै झझल्को दिने यु के को पहाडी क्षेत्र वेल्स का सुन्दर दृश्य हरुमा मनोज मेहता र रोशना कार्की को रोमान्स देख्न सकिने छ ।

रोशनाले प्रमोदकै एस अघी सार्वजनिक गीत ‘रहे सम्म ..’ बाट म्युजिक भिडियो मा डेब्यु गरेकी थीइन भने लन्डनमा एक सफल ब्यबसायी को परिचय बनाएका मनोज को भने यो पहिलो भिडियो हो । प्रभु गुरुङ को कोरिओग्राफि मा लन्डनमा तयार भएको यस् भिडिओ को छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया