२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

दौरा सुरुवाल र गुन्यू चोलीमा ‘कार्टुन्ज क्रु’को नयाँ गीत (भिडियो)

4591 Shares

काठमाडौँ। ‘कार्टुन्ज क्रु’लाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरूले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरू नेपाली पोशाकमा देखिएका छन्।

 

 

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरू दौरा सुरुवाल र इस्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियङ्का कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोमा उनको छोटो भूमिका छ।

 

 

गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा सङ्गीतकार बसन्त सापकोटाले सङ्गीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायाङ्कन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया