२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

काठमाडौँमा मरेको कुखुरा बेच्ने तीन जना पक्राऊ

1291 Shares
Spread the love

काठमाडौँ । काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बा. १७ च। १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ।

प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ। मरेको कुखुराहरु तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया