
एजेन्सी। मानिसहरु भन्छन् कि जे देखिन्छ त्यही बिक्छ तर त्यसो होइन । सधैं जे देखिएको छ त्यही सत्य हुन सक्दैन । कहिलेकाहीँ हामीले जे देख्छौं त्यही सत्य हुँदैन । फोटोमा देखिएका ३ फिट ६ इन्चका यी व्यक्ति झट्ट हेर्दा बच्चाजस्तै देखिन्छन् तर उनी २४ वर्षका युवक हुन् । उनले जापानका साथै पूरै संसारमा आफ्नो अलग पहिचान बनाइसकेका छन् ।
यी युवक चर्चित पोर्नस्टार हुन् । यी युवक पोर्न फिल्मका हिरोका साथै चर्चित निर्देशक पनि हुन् । उनको वास्तविक नाम कोहे निशी हो र उनले पोर्न उद्योगमा आफ्नो नाम निशीकुन राखेका छन् । कोहे जापानी पोर्न फिल्मका चर्चित कलाकार हुन् । साथमा उनी पोर्न फिल्म निर्देशन पनि गर्छन् । निशिकुनको अनुहार र उचाइले उनलाई बच्चाजस्तो देखाउँछ । निशिकुन भन्छन् उनीसँग विशेष ताकत छ यही कारण जापानमा उनीजस्तो पोर्न स्टार छेन ।
उनी अधिकांश सिन सुतेरै सुटिङ गर्छन् र यही उनको विशेषता हो । यसका बावजुद उनी पोर्न फिल्म उद्योगका टप हिरो हुन् । उनी पोर्न फिल्मका अधिकांश सिनमा सुतेकै देखिन्छन् ताकि उनको उचाइ कसैले देख्न नसकोस् । निशिकुन एक खास किसिमको रोगबाट ग्रसित छन् । यही रोगका कारण उनको उचाइ कम भएको हो। यो रोग उनलाई बाल्यकालमै लागेको थियो । यो रोग एक किसिमको ब्रेन ट्युमर हो । जसका कारण उनले जीवनमा धेरै समस्याको सामना समेत गर्नु परेको छ ।
निशिकुनको खुट्टा र मेरुदण्डको हड्डी निकै कमजोर छ । यसकारण उनी लामो समय उभिन पनि सक्दैनन् । तर, आफ्नो यो रोगलाई उनी कहिल्यै आफ्नो काममा बाधा बन्न दिँदैनन् । निशिकुनलाई लाग्छ यदि मनमा आफ्नो लागि विश्वास भरिएको छ भने कसैले पनि हराउन सक्दैन चाहे त्यो कुनै उपचार नै नहुने रोग नै किन नहोस् । उनी सधैं आत्मविश्वासी रहन्छन् ।