२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

सांसद कोमल ओलीले घुस दिन आएकालाई यसरी थर्काइन (भिडियो)

2442 Shares

काठमाडौँ । गायिका कोमल वली र गायक पशुपति शार्माको नयाँ तीज गीत ‘माननिय ज्यू’ सार्वजनिक भएको छ।

रेडियो नेपालको जागिर छोडेर राजनीतिमा सक्रिय बनेकी कोमल ओलीले ‘माननिय ज्यू’ गीत मार्फत भ्रष्टाचारको भण्डाफोर गर्न खोजेकी छिन्।

गीतलाई कोमल वली र पशुपति शर्माले गाएका छन् भने अभिनय पनि आफैले गरेका छन्। पशुपतिको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा पशुपति विभिन्न भूमिकामा देखिएका छन्। घुम दिएर काम गराउन खोज्ने जनता र सच्चा स्वभावको सांसदबीचको सम्बन्धलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ।

उक्त गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् भने नविन घर्ति मगरले सम्पादन गरेका छन्।

यसअघि पशुपति शर्मा र कोमल वलीको ‘लास्टै चोटी हो’ र ‘चाहिएन पोई’ बोलका दुई तीज गीत निकै चर्चामा आएका थिए। पहिलो गीतमा पशुपतिले कोमललाई पोइ माग्न छोडेर राजनीतिमा सक्रिय भएर देश चलाउन सुझाव दिएका थिए भने दोस्रो गीतमा राजनीतिमा सक्रिय भएकी कोमल ओलीलाई भ्रष्टाचार नगर्न सुझाव दिएका छन्। अहिलेको गीतमा भने पशुपतिले कोमललाई घुस लिन आग्रह गरेका छन् भने वलीले त्यसलाई अस्वीकार गरेकी छन्।

प्रतिक्रिया