२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भरतपुरको पुरानो मेडिकल कलेजमा मृर्गौला प्रत्यारोपण फेरि सुरु

2828 Shares
Spread the love

चितवन– चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मृर्गौला प्रत्यारोपण सुरु भएको छ । करिब चार वर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मृर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्रा डा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर–६ निवासी ५४ वर्षीय विष्णु गोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन् ।

‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुसी छौँ,’ डा बर्माले भने । उनले अब दोस्रो केस पनि छिटै गर्ने बताए । प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रविण जोशी , डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादवलगायतको टोली खटिएको डा बर्माले बताए ।

प्रत्यारोपण केन्द्रका डा वर्मा अब भरतपुरमा
सोमबारको प्रत्यारोपण पछि उत्साहितभएका डा. वर्माले पुरानो मेडिकल कलेजमा मृर्गौला प्रत्यारोपणले नियमितता पाउने दाबी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामानिरन्तरतादिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा. वर्माले भने ।

यसअघि उनी भक्तपुर स्थितशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।

हाम्रो टोली देशभर फिजिँदैछः डा पुकार चन्द्र श्रेष्ठ
यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यकाबाहिर प्रत्यारोपण सुरु हुनु राम्रो कुरा भएको बताए । उनले आफ्नो अस्पतालको टोलीगएर पुरानो मेडिकल कलेजमा मृर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुसी व्यक्त गरे ।

‘पुरानो मेडिकल कलेजमा भएको प्रत्यारोपणमा डा बर्मासहित अधिकांश डाक्टर हामीकहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामी कहाँ ट्रेन्ड भएका डाक्टरहरु जानु भएको छ । त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथालिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।

उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमीजस्तो भएको समेत बताए । ‘हामीसँग सिकेका धेरैले अन्यत्रगएर सेवादिनु भएको छ । त्यसैले यो एकेडेमीजस्तो भएको छ,’ उनले भने ।

प्रतिक्रिया