सफल नेपाली चलचित्र ‘नाईं नभन्नू ल’को पाँचौ सिक्वेल अर्थात ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक गत सोमवार मात्र बुद्धा सुब्बा डिजिटल प्रा ली द्वारा सार्वजनिक गरिएको थियो ।
यस चलचित्रको ट्रेलरलाई दर्शकहरुले निकै मनपराएका छन् जसका कारण रिलिज गरिएको दुई तीन दिन मै युट्युबको टप ट्रेन्डिङमापरेको छ । रिलिज को २ ३ दिनमै ट्रेन्डिङ १ मा पर्न सफल यस चलचित्रको ट्रेलरलाई हाल यो रिर्पोट तयार पार्दा सम्म ७ लाख बढीले हेरिसकेका छन् भने१२ हजार बढीले मनपराएको चिन्ह जनाएको छ ।
‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं’ निर्देशक बिकाशले भने । केही दिन अघि सार्वजनिक गरिएको ट्रेलरमा लभस्टोरी साथै फेमिली ड्रामालाई पनि राम्ररी देखाइएको छ।
बालकलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का र अभिषेक नेपालको मुख्य अभिनय रहनेछ भने भदौ ८ बाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्रमा दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, जयनन्द लामा, बुद्धि तामाङ लगायत कलाकारको समेत अभिनय समेटिएको छ ।
हरेक सिरिजमा कलाकार डेब्यु गराउदै आएका निर्देशक आचार्यको यो चलचित्रबाट अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्मा डेब्यु गर्दैछन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा छायांकन पुरुषोत्तम प्रधान र संगीत बसन्त सापकोटाको रहेको छ ।