२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

अब महिलाले पनि पुरुषले जस्तै उभिएर पिसाब फेर्न सक्ने !

4957 Shares
Spread the love

एजेन्सी । नयाँ प्रविधिका कारण अब महिलाले पनि पुरुषले जस्तै उभिएर पिसाब फेर्न सक्ने भएका छन् । एउटै प्रजातिका भएपनि महिला र पुरुषले पिसाब फेर्दा फरक फरक पोजिसनमा फेर्नुपर्ने बाध्यता थियो । उभिएर पिसाब फेर्न सकिने भएकाले पुरुषलाई सजिलो र बसेर पिसाब फेर्नु पर्ने भएकाले महिलालाई अप्ठ्यारो थियो ।

चिकित्सकहरुले पिसाब फेर्दा संक्रमणको जोखिम पनि महिलाका लागि बढी हुने गरेको छ । महिलाले पिसाब फेर्दा सौचालयबाट छिटा पिसाब फेर्ने अंगमा पर्ने र त्यसले संक्रमण हुने गरेको चिकित्सकको भनाई छ । त्यति मात्र होईन महिलाले सार्वजनिक ठाउँ वा घर बाहिर निस्किएका बेला पिसाब फेर्न निक्कै समस्या भोग्नु पर्छ ।

सेनिटरी प्रोटेक्टर सन् १९१८ मा एडी ल्यासीले बनाएका थिए । तर त्यो एक पटक प्रयोग गरेर फ्याक्नु पर्ने भएकाले लामो समय टिकेन । अब भने महिलाका लागि खुसीको खबर आएको छ । अब भने स्टयाण्ड टू पि नामको उपकरणले संसारभरका महिलालाई उभिएर पिसाब फेर्न सजिलो बनाई दिएको छ ।

अहिले महिलाले घर बाहिर जाँदा प्रयोग गर्छन । अहिले ‘गो गर्ल’ नामको पुरुषको यौन अंग जस्तो एसटिपी प्रयोगमा छ । जसले लामो समयसम्म उभिएर पिसाब फेर्न महिलालाई सजिलो बनाई दिएको छ ।

प्रतिक्रिया