प्रदिप सिंह महतो सिरहा लहान ३१ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित रहेको जनता मावि तिनकानीको विधालय व्यवस्थापन समिति सर्व सम्मतले सोमबार चयन भएको छ ।
नगर प्रमुख हरि नारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलाले ४ जना सदस्य चयन गरेको हो । सदस्यहरूमा क्रमशः हरिदेब चौधरी, उचितलाल साह, अरूणा राम र आरती यादब निरबिरोध चयन भएको छ । चौधरी विद्यालयको पुर्व अध्यक्ष हुनुहुन्छ । शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक रामलखन मण्डलको अध्यक्षतामा भएको भेलामा विशिष्ठ अतिथीको रुपमा संविधान सभा सदस्य तथा नेपाली काग्रेसका जिल्ला सभापति रामचन्द्र यादब, वडा ५ का वडा अध्यक्ष रामजतन कामैत, वडा ४ का वडा अध्यक्ष रामु चौधरी लगायतको उपस्थिती रहेको धनगढीमाई नगरपालिकाका एक कर्मचारी संजय चौधरीले जानकारी दिएका छन।