२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

बेलायतमा नेपाली राजदुत् महामहिम डा दुर्गा बहादुर सुबेदी सम्मानित !

5204 Shares
Spread the love

लन्डन ।  चलचित्र रातो घर र ब्लाईन्ड रक्सका निर्माता निकेश लिम्बुले बेलायतका लागी नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीलाई ८ जुलाई दिन एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । बेलायतमा नेपाली चलचित्र प्रबर्दन र प्रदर्शनमा उल्लेखनिय भुमिका निर्वाह गरेकाले सम्मान गरीएको निर्माता निकेश लिम्बुले नेप्लीउडलाई बताएका छन् ।

 बेलायत स्थित समाजसेवी, ब्यवसयी र साहित्यकारहरु को बाक्लो उपस्तिथी रहेको उक्त कार्यक्रममा बोल्दै निर्माता लिम्बुले, देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीलाई नेपाली चलचित्रहरु नै हेर्न आग्रह गरेका छन्, नेपाली चलचित्रलाई मायाँ गर्नु भनेको चलचित्रलाई मात्रै नभएर नेपाली भाषा,कला र संस्कृतीलाई नै मायाँ गर्नु रहेको उनले बताएका छन् । 


 नेपाली साहित्य बिकास परिषद बेलायतका अध्यक्ष् श्री कोमल मल्लको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा  समाज सेवी डा राघव प्रसाद धिताल , विविसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली, साहित्यकार सुरेश जङ शाह र पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष पत्रकार नरेश खपाङ्गी लगायत वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

एन.फिलिम्स एण्ड क्रियसनका अध्यक्ष समेत रहेका निर्माता निकेश लिम्बुले निर्माण गरेको पछिल्लो चलचित्र ब्लाईन्ड रक्स अझै पनि बेलायतका बिभिन्न स्थानमा प्रर्दशन भैरहेको र यहि जुलाई १८ मा बेलायत स्थित योर्कमा र जुलाई १४,१५ मा सिंगापुरमा पनि प्रर्दशन हुन लागेको निर्माता लिम्बुले जानकारी गराएका छन् । 

प्रतिक्रिया