२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

बिवाह गर्छु भन्दै ढाँटेर गरिने यौन सम्बन्ध पनि बलात्कार

1505 Shares
Spread the love

हाल युवाबर्गमा देखिँदै आएको समस्या हो पहिले मिलेर यौन सम्बन्ध पछि बलात्कारको मुद्धा । यो बिषय विश्वका अधिकांश देशका युवा बर्गको समस्या हो । यस्ता मुद्धामा आम जनमानसमा पहिले सहमतिमा यौन सम्बन्ध राख्ने अनि पछि कुरा नमिल्दा बलात्कार भन्ने यस्तै टिप्पणीहरु हुने गर्छ तर हालै भारतको सर्बाेच्च अदालतले यस बारेमा आफनो निर्णय सुनाएको छ । उसले कुनै पुरुषले बिवाह गर्ने लोभ देखाएर यौन सम्बन्ध राख्ने तर पछि बिवाह गरेन भने त्यसलाई बलात्कार नै हुने ठहर गरेको छ । भारतको केन्दि«य राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वुपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो ।

ती डाक्टरले विवाह गर्छुँ भन्दै एकजना महिलासंग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासंग विवाह गरेपछि उनी विरुद्ध पहिलो महिलाले मुद्धा दायर गरेकी थिइन् । सर्वोच्च अदालतका न्याधिशद्वय एल नागेश्वर र एमआर शाहले विवाह गरिने विश्वासमै ति महिलाले डाक्टरसंग यौन समबन्ध राखेको र डाक्टरले आफ्नो वचन पूरानगरेपछि यसलाई सहमतिमा भएको सम्बन्ध मान्न नसकिने निर्णय सुनाएका हुन् । यद्यपि सर्वोच्चका यि न्यायधिशले तल्लो अदालतले क्टरलाई सुनाएको दस वर्ष लामा कैद छोट्याएर सात बर्ष तोकिदिएका छन् ।

हुन त भारतमा यो समस्या पहिलो भने होईन यसअघि पनि भारतमा यस्ता मुद्धाहरु छ्याछ्याप्ती आउने गरेका छन् । न् २०१६ मा प्रहरी समक्ष यस्तो घटनालाई लिएर १० हजार ६८ वटा उजुरी परेको थियो । सन् २०१५ भने यसको संख्या ७ हजार ६ सय ५५ मात्र रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।जसमा सबैले सजाय मात्र पाएका छैनन् उन्मुक्ति पनि पाएको छन् । यसअघि सन् २०१९ को अप्रिलमा भारतको दक्षिणी राज्य कर्णाटकको एक अदालतले सम्वन्ध टुटिसकेपछि शिक्षित महिलाहरुले विवाह पुर्वको सहमतिमा राखेको यौ सम्बन्धलाई वलात्कारको संज्ञा दिन नमिल्ने भन्दै एकजना पुरुषलाई जमानतमा रिहा गरेको थियो ।

त्यसोत यस बिषयमा न्यायधिश र आम जनताहरुले पनि महिलाहरुले यसको फाईदा उठाउने गरेको भन्दै आपत्ति पनि जनाएका छन् । सन् २०१७ मा दिल्ली उच्च अदालतका न्यायधिश प्रतिभा रानीले‘वेन्देत्ता ’ नामक वलात्कार सम्बन्धी कानुनको दुरुपयोग गर्दै पुरुषसंगको सम्बन्ध बिग्रिन साथ बलात्कारको आरोप लगाउने गरेको बताएकी थिईन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया