२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

महोत्तरीमा दिनदाहडै १७ लाख लुटियो

3670 Shares
Spread the love

गौशाला। महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै मंगलबार दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन्।

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ।

प्रतिक्रिया