२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

बलात्कारको अभियोगमा फसेका मिथुनका छोराले गरिछाडे बिहे, हेर्नुहोस् बिहेका ८ फोटो

1395 Shares

मुम्बइ। बलात्कार अभियोगमा फसेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयले अन्ततः आफ्नी गर्लफ्रेण्ड मदलसासँग बिहे गरेका छन् । भर्खरै बिहे गरेका नवविवाहित जोडीको तस्वीर इन्टरनेटमा भाइरल भइरहेका छन् ।

यसअघि यी दुईको बिहे ७ जुलाइमा हुने तय भएको थियो । तर समारोहस्थलमै प्रहरीको टिम जाँचको लागि पुगेपछि बिहे रोकिएको थियो । यी दुईको बिहे कहिले र कहाँ भयो भन्ने जानकारी आइसकेको छैन । यद्यपि फोटोहरु निकै भाइरल भइरहेका छन् । यी दुईले ७ जुलाइमै कोर्ट म्यारिज गरेको र आज परम्परागत बिहे गरेको एक वेबसाइटले दावी गरेको छ ।

यो विवाहमा समस्या त्यतिबेला सुरु भएको थियो जब एक भोजपुरी हिरोइनले महाअक्षय र उनकी आमा योगितामाथि बलात्कार र जबरजस्ती गर्भपतन गरेको आरोप लगाएकी थिइन् । दिल्लीको रोहिणी कोर्टले महाअक्षय र योगिताविरुद्ध मुद्दा दर्ता गर्न भनेको थियो । त्यसपछि यी दुईले बाम्बे हाइकोर्टमा अग्रिम जमानतको निवेदन दिएका थिए जुन निवेदन अदालतले खारेज गरिदिएको थियो ।

यद्यपि दिल्लीको एक अदालतले भने यी दुईलाई राहत दिँदै अग्रिम जमानतको अनुमति दियो । त्यसपछि मात्र महाअक्षय र योगिता तत्कालको लागि गिरफ्तारीको खतराबाट बचेका थिए । तमिलनाडुको निलगिरी जिल्लामा रहेको मिथुनको पश होटलमा यी दुईको बिहे हुने तयारी थियो । बिहेअघि महाअक्षयमाथि आरोप लागेपछि उनकी हुनेवाली पत्नी मदलसा र हुनेवाली सासूले महाअक्षयको समर्थन गरेका थिए । उनीहरुले भनेका थिए ‘हरेक व्यक्तिको एउटा विगत हुन्छ । हामीलाई यसबारे थाहा छ । यो बिहे पक्का हुन्छ ।’

प्रतिक्रिया